बलेफी हाइड्रोपावर लिमिटेडले बुधबारदेखि सर्वसाधरणमा निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।
लगानीकर्ताले चैत २१ गते सोमबार कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताहरुले आईपीओमा न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
हाइड्रोपावरले बुधबारदेखि सर्वसाधारणका लागि कुल प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
निष्काशित सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरु सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणले अवेदन दिन सक्नेछन् ।
कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्टाएर १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणबाट माग गरेको थियो । जसमा २ करोड १२ लाख २६ हजार ७५० कित्ता सेयर खरीदको आवेदन परेको हो ।
कति पर्यो आवेदन ?
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार चैत २० गते साँझसम्म १८ लाख ७० हजार ७०९ वटा आवेदन परेको हो । आजसम्म सर्वसाधारणबाट माग भएको सेयरको १२.७६ गुणा बढी अर्थात २ अर्ब १२ करोड २६ लाख ७५ हजार रुपैयाँको माग परेको हो ।
बलेफी हाइड्रोपावरको १८ करोडको आईपीओ खुल्यो
बलेफीको आईपीओमा आवेदनको ओइरोः करिब १९ लाखले भरे, भोलि निष्काशन बन्द हुँदै
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया