सुनको मूल्य सोमबार नेपाली बजारमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । 
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार सुन तोलाको ९९ हजार ३०० रुपैयाँ र तेजावी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । आइतबारको तुलनामा सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेको हो । सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।
आइतबार चाँदी तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ४०० रुपैयाँ घटेको थियो भने चाँदीको मूल्य स्थीर रहेको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिअाैंस १ हजार ९१७ डलर र चाँदी प्रतिऔंस २४ दशमलव ५९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया