सेयर बजारमा निरन्तर दोहोरो अंकको गिरावट क्रमले सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३० अंक बढीले घटेको नेप्से सोमबार झण्डै १५ अंकले घटेको छ । 
बजारमा गिरावट आउँदा सबै उपसमूह राताम्मै भएका छन् । आज नेप्से परिसूचक १४.८८ अंकले घटेर २४९८.५३ विन्दुमा झरेको छ ।
नेप्से ओरालो लाग्ने क्रम जारी रहँदा २५ सय बिन्दुभन्दा तल पुगेको छ ।
यस दिन २२६ कम्पनीकोे १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको ३४ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ।
सिटिजन्स म्युचुअल फन्ड(२ का फन्डको प्रतिइकाई मूल्य ५.६६ प्रतिशतका दरले घटेको छ। कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि प्रतिसेयर ४.२८ प्रतिशत घटेको छ। प्रभु इन्स्योरेन्सका लगानीकर्ताले पनि ४.०१ प्रतिशतका दरले घटेको छ ।
सोमबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन इमर्जिङ्ग नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया