शिखरको हकप्रदमा कति पर्यो आवेदन ?

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL)  को हकप्रदमा अन्तिम दिन चैत २१ गते सोमबार साँझसम्म १८ करोड ३८ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

चैत १ गते मंगलबारदेखि १० कित्ता बराबर नयाँ ३ कित्ता अनुपातमा इन्सयोरेन्सले जारी गरेको उक्त सेयरमा २६ हजार ६१२ वटा आवेदन मार्फत १८ करोड ३६ लाख ८३ हजार ४०० रुपैयाँ बराबरको १८ लाख ३६ हजार ८३४ कित्ता सेयरको माग परेको हो ।

कम्पनीले कुल ५२ करोड ७५ लाख रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर जारी गरेकोमा चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने कम्पनीका सञ्चालक तथा आधारभुत सेयरधनीहरुले यसअघि नै हकप्रद भरिसकेका छन् ।

उक्त समुहका सेयरधनीलाई गत फागुन ५ गतेसम्मको समय दिइएको थियो । माथिको तथ्याङ्क सर्वसाधारण सेयरधनी र १ प्रतिशतभन्दा कम सेयर धारण गर्ने संस्थापक लगानीकर्ताबाट परेको आवेदन हो ।

उक्त हकप्रद सेयरमा माघ २० गतेसम्म नेप्सेमा सेयर कारोबार भइ रहेका इन्स्योरेन्सका लगानकिर्ताहरुले मात्र आवेदन दिन पाउने व्यवस्था थियो । हकप्रदमा मेरो सेयर मोबाइल एप, वेवसाइट, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था थियो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ए’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको शिखर इन्स्योरेन्सको हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार  १९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।