सुनको भाउ तोलामा ३०० ले घट्यो, चाँदी १३३५ रुपैयाँमा कारोबार हुँदै

0
Shares

सुनको भाउ बुधबार नेपाली बजारमा घटेको छ ।

नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मू्ल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९८ हजार ८०० रुपैयाँ र तेजावी सुन ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम गरिएकोे छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै महासंघका अनुसार मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेर कारोबार भएको थियो भने चाँदी तोलामा १० रुपैयाँले घटेको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९१० डलर र चाँदी प्रतिऔंस २४ दशमलव २८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।