नेष्डो समृद्ध लघुवित्तमा सकारात्मक सर्किट लाग्दा इमर्जिङ्ग नेपालमा नकारात्मक

0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक तथा इमर्जिङ्ग नेपाल लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

साताको चौथो कारोबार दिन बुधबार सेयरबजार खुलेको एक घण्टा अगावै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सकारात्मक र इमर्जिङ्ग नेपाल लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।

सकारात्मक सर्किट लागेसँगै नेष्डो समृद्ध लघुवित्तको सेयरको भाउ प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको छ । नेष्डो लघुवित्तको सेयरमूल्य १० प्रतिशत अर्थात् १४०.५० रुपैयाँ बढेको हो ।

कम्पनीको सेयर चैत १४ गतेदखि धितोपत्र दोस्रो बजारमा कारोबारमा सुरु भएको थियो । कारोबारमा आएदेखि नै लघुवित्तको सेयर खरीद माग उच्च हुँदा सेयरमूल्य निरन्तर उकालो लागिरहेको छ । आईपीओ पाएका लगानीकर्ताले ९ दिनको अन्तरालमा नै १४ हजार ४०० रुपैयाँ बढी नाफा कमाएका छन् ।

समाचार तयार पार्दासम्म बुधबार कम्पनीको सेयर खरीदका लागि नेप्सेको मार्केट डेप्थमा सर्किट मूल्यमा नै ६३२ वटा आदेश मार्फत ५५ हजार ३५१ कित्ता खरीद माग रहेको छ । कम्पनीको सेयरमा बिक्रीकर्ता शून्य छन् । बजार खुल्ना साथ मूल्य बढेर सर्किट लागेपछि क्रेता हाबी भएसँगै कम्पनीको सेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेर बढेको हो ।

उता इमर्जिङ्ग नेपालको सेयरमूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । नकारात्मक सर्किट लागेसँगै इमर्जिङ्ग नेपालको सेयरमूल्य प्रतिकित्ता ११९०.७० रुपैयाँमा झरेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात् १३२.३० रुपैयाँ घटेको हो ।

कम्पनीको सेयरमूल्य मंगलबार पनि नकारात्मक लागेर घटेको थियो । यसअघि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आएको तेस्रो दिनदेखि सर्किट लेबलमा निरन्तर बढ्दै आइरहेको थियो । फागुन २२ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीको सेयरको भाउ २० दिनसम्म बढेको थियो । सोमबार प्रतिकित्ता १४८१.९० रुपैयाँसम्म पुगेर फर्किएको हो ।

समाचार तयार पार्दासम्म बुधबार कम्पनीको सेयर बिक्रीका लागि नेप्सेको मार्केट डेप्थमा सर्किट मूल्यमा नै १०९२ वटा आदेश मार्फत २२ हजार ४३३ कित्ता बिक्रीमा रहेको छ । कम्पनीको सेयरमा खरीद माग शून्य छ । बजार खुल्ना साथ मूल्य घटेपछि बिक्रेता हाबी भएसँगै कम्पनीको सेयरमूल्यमा आज पनि नकारात्मक सर्किट लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।