नेष्डो समृद्ध लघुवित्तका आईपीओ लगानीकर्ताले कमाए १६ गुणा नाफा

0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) का लगानीकर्ताले लगानीको १६ गुणा बढी नाफा आर्जन गरेका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट लघुवित्तको एक हजार रुपैयाँ बराबरको १० कित्ता सेयर हात पारेका लगानीकर्ताको लगानी १६ गुणा बढी अर्थात १७ हजार रुपैयाँ पुगेको हो ।

साताको अन्तिम दिन बिहीबार पनि लघुवित्तको सेयरमूल्य १० प्रतिशत अर्थात १५४.५० रुपैयाँ बढेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार खुलेको एक घण्टा अगावै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको हो । यससँगै लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १ हजार ७०० रुपैयाँ पुगेको छ ।

लघुवित्तको सेयर चैत १४ गतेदखि धितोपत्र दोस्रो बजारमा कारोबारमा सुरु भएको थियो । कारोबारमा आएदेखि नै लघुवित्तको सेयर खरीद माग उच्च हुँदा सेयरमूल्य निरन्तर उकालो लागिरहेको छ । आईपीओ पाएका लगानीकर्ताले ९ दिनको अन्तरालमा नै १६ हजार रुपैयाँ बढी नाफा कमाएका छन् ।

समाचार तयार पार्दासम्म बुधबार कम्पनीको सेयर खरीदका लागि नेप्सेको मार्केट डेप्थमा सर्किट मूल्यमा नै ६९३ वटा आदेश मार्फत ८८ हजार ९१७ कित्ता खरीद माग रहेको छ । कम्पनीको सेयरमा बिक्रीकर्ता शून्य छन् । बजार खुल्ना साथ मूल्य बढेर सर्किट लागेपछि क्रेता हाबी भएसँगै कम्पनीको सेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेर बढेको हो ।

बिहीबार दिउँसो सवा १ बजेसम्म कम्पनीको सेयर जम्मा २७० कित्ता सेयर ४ लाख ४९ हजार रुपैयाँमा खरीद बिक्री भएको छ । बुधबार दिनभर २०४ कित्ता सेयर कारोबार भएको थियो । यसअघिका आठ कारोबार दिनमा लघुवित्तको जम्मा एक हजार ६५ कित्ता सेयर कारोबार भएको छ ।

क्र.सं. मिति अन्तिम कारेबार मूल्य परिवर्तन परिमाण कुल कारेबार रकम
चैत २४ १७००.०० १०.००
चैत २३ १५४५.५० १०.०० २०४ ३०९३५६
चैत २२ १४०५.०० १०.०० १४५ १९५९५९
चैत २१ १२७७.३० १०.०० १४६ १८०८०३
चैत २० ११६१.२० ९.९९ १४८ १६४९२९
चैत १७ १०५५.७० ९.९९ ९६ ९७१९५
चैत १६ ९५९.८० ९.९९ ११२ १०३८०९
चैत १५ ८७२.६० १०.०० १०४ ८६५४०
  चैत १४ ७९३.३० ६.१० ११० ८३९६३

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।