ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार ८२३ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।

बैंकले गत माघ २१ गतेदेखि विद्यमान संस्थापकमा बिक्रीको आह्वान गरेकोमा सबै संस्थापक बिक्री नभएपछि उक्त सेयर अन्य व्यक्ति तथा संस्थामा बिक्री खुला गरिएको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त शेयर बिक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

शुक्रबार जारी सूचना बमोजिम आगामी ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार  १५ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।