नयाँ वर्षसँगै ५४ करोडको आईपीओ खुल्दै

0
Shares

धितोपत्रको प्राथमिक बजारमा नयाँ वर्ष लागेसँगै ५४ करोड रुपैयाँ बराबरको परम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला हुने भएको छ ।

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीहरु विन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दीखोला जलविद्युत कम्पनीलाई ५४ करोड ५१ लख ९२ हजार ९०० रुपैयाँ बराबरको आईपीओ बिक्रीको अनुमति दिएको हो ।

बोर्डका अनुसार विन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका २५ लाख कित्ता र दोर्दीखोला जलविद्युत कम्पनीलाई प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका २९ लाख ५१ ह्जार ९२९ कित्ता सेयर बिक्रीको अनुमति दिइएको हो ।

दुबै कम्पनीलाई स्थानीय र सर्वसाधारणका लागि सेयर जारी गर्न अनुमति पाएको हो ।

विन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल तथा दोर्दीखोला जलविद्युत कम्पनी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार  १६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।