नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत २९ गते मंगलबार महालक्ष्मी विकास बैंक, सूर्योदय लघुवित्त र इन्फिनिटी लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । तीन कम्पनीको कुल ७२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सूचीकृत भएको हो ।
स्टकका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज तीन कम्पनीको कुल ७२ लाख ७० हजार ८८९ दशमलव ४२७३ कित्ता सेयर सूचीकृत भएको हो ।
जसमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक लिमिटेडको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६६ लाख ८४ हजार ८०५ दशमलब ४५ कित्ता सेयर सूचीकृत भएको हो ।
यसैगरी इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजीको २७.७० प्रतिशतले हुन आउने ८ लाख ९९ हजार ९८ दशमलव १२७३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ८५ दशमलव ८५ कित्ता बोनस सेयर पनि आजै सूचीकृत भएको छ ।
मंगलबार सूचीकृत भएको तीनवटै कम्पनीको उक्त बोनस सेयर साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सेयर दाखिल खारेजी (बुकक्लोज) को अधिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले डिम्याट खातामा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
बुकक्लोज अनुसार महालक्ष्मी विकास बैंकको फागुन १३ गते सम्पन्न २० औं वार्षिक साधारण सभा, सूर्योदय लघुवित्तको पुस १६ गते सम्पन्न नवौं वार्षिक साधारण सभा र इन्फिनिटी लघुवित्तको पुस २७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट उक्त बोनस अनुमेदन भएको थियो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि महालक्ष्मी विकास बैंकले पुस १३ गते, सूर्योदय लघुवित्तले पुस १ गते र इन्फिनिटी लघुवित्तको पुस १५ गते बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया