सिद्धार्थ इन्स्योरेन्सको १७.६८ करोड लाभांश पारित, चुक्ता पूँजी १ अर्ब २८ करोड पुग्यो

0
Shares

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) को बीसौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीलाई १७ करोड ६८ लाख ४२ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।

नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमा चैत ३० गते बुधबार सम्पन्न भएको २० औं वार्षिक साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १२ करोडको १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

२० औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको प्रस्तावित १५ प्रतिशत बोनस सेयर जारीपछि सिद्धार्थ इन्स्योरन्सको चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ पुगेको छ । साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले चैत १७ गते बिहीबार (बुकक्लोज) गरेको थियो । बुकक्लोजको आधारमा चैत १६ गत बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

त्यसैगरी बुधबार सम्पन्न भएको सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान लगायत अन्य प्रतिवेदन छलफल गरी पारित गरेको छ भने आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

थप समाचारहरू:-

सिद्धार्थ इन्स्योरेन्सको एजिएम आह्वान, १७ करोड ६८ लाखको लाभांश स्वीकृत गर्दै

सिद्धार्थ इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।