सिद्धार्थ इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति ?

0
Shares

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (SIL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७७।७८ बाट प्रस्तावित उक्त लाभांश बीमा समितिमा पेश गर्ने निर्णय समेत गरेको छ ।

कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १२ करोड रहेको छ । प्रस्तावित १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

यस्तै कम्पनीले १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयरका लागि कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांस समेत वितरण गर्नेछ । कम्पनीले कुल १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँ लाभांश सेयरधनीलाई वितरण गर्नेछ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

यस्ताे छ कम्पनीकाे लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 15.00 0.79 15.79
2 2076/2077 12.00 3.79 15.79
3 2074/2075 15.48 0.00 15.48
4 2073/2074 20.00 1.05 21.05
5 2072/2073 30.00 1.57 31.57
6 2071/2072 25.00 0.00 25.00
7 2070/2071 10.00 0.52 10.52
8 2068/2069 32.00 0.00 32.00

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।