सिद्धार्थ इन्स्योरेन्सको एजिएम आह्वान, १७ करोड ६८ लाखको लाभांश स्वीकृत गर्दै

0
Shares

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको १७ करोड ६८ लाख ४२ हजार रुपैयाँ बराबरको लाभांश स्वीकृत गर्न चैत ३० गते बुधबार साधारण सभा आह्वान गरेको छ ।

सञ्चालक समितिलको बैठकले लाभांश प्रस्ताव पारित गर्न चैत ३० गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डप, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई चुक्ता पूँजीको १५ प्रतिशत (१६ करोड ८० लाख) बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ ।

सभाले मर्जर तथा प्राप्त प्रकृया पनि अगाडि बढाउने भएको छ । निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्नेगाभिने वा प्राप्ती गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई सभाले दिने भएको हो । उक्त प्रस्ताव कम्पनीले सभामा पेश गर्दैछ ।

सिद्धार्थ इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति ?

यस्तै आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १७ गते एकदिन सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार चैत १६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।