नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ले चैत १० गतेदेखि १७ गतेसम्म लिलामीमा ल्याएको सेयर बाँडफाँड गरेको छ ।
बैंकको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार सर्वसाधारण समूहको लिलामी सेयर प्रतिकित्ता ४२२ रुपैयाँ र संस्थापक सेयरको संस्थापक समूहको सेयरका लागि प्रतिकित्ता ११५.३८ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलकबोल गर्नेले लिलामी सेयर पाएका छन् ।
क्यापिटलका अनुसार सर्वसाधारण समूहको लिलामी सेयरको कटअफ मूल्य ४२२ रुपैयाँ र संस्थापक समूहको सेयरको कटअफ मूल्य प्रतिकित्ता ११५.३८ कायम भएको हो । सोहअी अनुसार चैत २४ गते बिहीबार सेयर बाँडफााड गरिएको हो ।
नारायणी डेभलपमेन्ट बैंकले ग्लोबल आइएमई क्यापिटलको बिक्री प्रबन्धकत्वमा संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता सेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो । चैत १० गतेदेखि १७ गतेसम्म बोलपत्र आह्वान गरिएको र उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई चैत २४ गते बाँडफाँड गरिएको हो ।
बैंकको लिलामी सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम वैशाख ५ गते सोमबारदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख बैंक खातामा पठाउन सुरु गरिएको छ ।
नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत सिधै बोलपत्रदाताको फारममा उल्लेखित बैंक खातामा रकमान्तर गरिएको क्यापिटलले जानकारी दिएको छ । खाता नम्बर रुजु भएकाहरुको सूची ग्लोबल आईएमई क्यापिटलको वेवसाइटमा राखिएको जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया