प्रि-ओपनिङ्गमा नेप्से ३ अंकले बढ्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ३.३३ अंकले बढेर हरियाली छाएको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ९ कम्पनी मध्ये ५ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

यस अवधिमा ९ कम्पनी ४७० कित्ता सेयर २ लाख १० हजार ५८५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज ९ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

नेप्से ३.३३ अंकले बढेसँगै सूचक २ हजार ३४७ दशमलव २१ बिन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।