सिभिल क्यापिटल मार्केटकाे धमाका अफर, निःशुल्क डिम्याट खाता सञ्चालनदेखि यस्ता छुट

0
Shares

सिभिल क्यापिटल मार्केट लिमिटेडले नयाँ वर्षको अवसरमा निःशुल्क डिम्याट खाताका साथै लगानी व्यवस्थापको कार्य तथा कर्पोरेट एडभाइजरी सेवामा विभिन्न छुट दिने भएको छ ।

क्यापिटलले २०७९ साल बैशाख ११ गते आइतबारबाट यो अफर योजना लागू गरेको हो । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्ट्रेशन, पहिलो वर्षको नवीकरण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरिएको र मेरो सेयर खाता खोल्दा लाग्ने शुल्क ५० भने कम्पनीले लिने डिपि विभाग प्रमुख मणीराज काफ्लेले बताए ।

त्यसैगरी लगानी व्यवस्थापको कार्य (पीएमएस), कर्पोरेट एडभाइजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलेले बताए । पीएएस, कर्पोरेट एडभाइजरी सेवामा २०७९ असार मसान्तसम्म नयाँ कारोबार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ वर्षदेखी सेवारत यस संस्थाले प्राथमिक सेयर निश्कासन (आईपीओ), निक्षेप सदस्य (डीपी), लगानी व्यवस्थापको कार्य (पीएमएस), सेयर प्रत्याभुति –अण्डरराइटिङ्ग) र संस्थागत परामर्श सेवा लगायत पूँजीबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सुरुदेखि हालसम्म आईपीओ ३० वटा, आरटिएस, ३५ वटा, हकप्रद सेयर ३२ वटा, सेयर लिलामी २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरिसकेको छ । निकट भविष्यमा नै सामुहिक लागानी कोष (म्युचुअल फण्ड) सुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए ।

सिभिल क्यापिटलले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, सेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापको कार्यको सुझाव, आईपीओ परामर्श लगायतका सेवाहरु सिभिल बैंकको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत संचालन गरिरहेको छ । साथै, आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि गइरहेको प्रमुख कार्यकारी अधिकृतले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार  १२ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।