इन्टरनेट सेवा अबरुद्ध हुन लागेको भन्दै क्यान महासंघको ध्यानाकर्षण


कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केहि दिनदेखि जिम्मेवार निकायहरुबाट व्यक्त भएको धारणाप्रति ध्यानाकार्षण भएको जनाएको छ ।

इन्टरनेट सेवाप्रदायकहरुले इन्टरनेट सेवा अबरुद्ध हुन सक्ने चेतावनी दिए पछि क्यानले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा बिभिन्न निकायहरुबीच बुझाईमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा प्रभावित हुने सक्ने प्रति क्यानले चिन्ता व्यक्त गरेको जनाएको छ ।

यो समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपुर्वक यथासिघ्र वार्ता एवं छलफलको अनुरोध गरेको छ ।

व्याण्डविथ खरिदको भुक्तानी रोकिँदा आगामी साताबाट देशभर इन्टरनेट बन्द हुन सक्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ वैशाख २०७९, आइतबार  १७ : ३३ बजे