दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आवेदन दिने समय जेठ ५ गतेसम्मका लागि थपिएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाका स्थानीय बासिन्दाहरुका लागि बैशाख १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।
साधारण सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु बाट आवेदन दिन सक्नेछन्। यसैगरी सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि
बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशत सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार प्रतिकित्ता १०० अंकित दरका १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ मूल्यको १० लाख ५४ हजार २६० कित्ता सेयर जारी गरिएको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया