नेप्सेमा पहिरो, मंगलबार परिसूचक ८५ अङ्कले घट्यो

0
Shares

चार दिनपछि खुलेको सेयर बजार सूचक नेप्से एकैदिन ८४.९० अङ्कले ओरालो लागेको छ ।

मंगलबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको हो । सेयर कारोबार मापक नेप्से ओरालो लागेर २ हजार २६५ दशमलव ५२ बिन्दुमा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.२८ अंकले ओरालो लागेर ४३८ दशमलव ६८ अंकमा सीमित भएको छ ।

आज एक अर्ब ६४ करोड ४० लाख ९६ हजार १९३ रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ । २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

आज कारोबार भएका कूल १३ वटै उपसमूहगत सूचक घटेका छन् । आज बैकिंङ ३७.९५, व्यापार ६०.८६, होटल तथा पर्यटन ७७.०८, विकास बैंक १६३.६९, जलविद्युत १४२.५०, वित्त १०१.८७, निर्जीवन बीमा ४८५.८१, उत्पादन ११३.१९, अन्य १०९.५५, लघुवित्त १४३.२८, जीवन बीमा ५९२.५९, सामूहिक लगानी कोष ०.२४ र लगानी २.५९ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा जाल्पा सामुदायिक लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड ७९ लाख ९ हजार ५१३ रुपैयाँ बराबरको कारोबार भयो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर ५ करोड ६९ लाख ५१ हजार १२७ रुपैयाँ, सानिमा माई हाइड्रोपावर ५ करोड ५६ लाख ३४ हजार २७९ रुपैयाँ, सूर्य लाइफ इन्सुरेन्स ५ करोड ५२ लाख ६५ हजार १८१ रुपैयाँ र माथिल्लो तामाकोशी ५ करोड १९ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सामुदायिक लघुवित्त ४.९६ प्रतिशत, बोटलर्स नेपाल २ प्रतिशत, एनआइबिएल समृद्धि फन्ड १.६६ प्रतिशत, सनराइज फस्ट म्युचुअल फन्ड १.०४ प्रतिशत र एनएमबी ५० का लगानीकर्ताले ०.९३ प्रतिशतले कमाए ।
त्यस्तै, मंगलबार तीन कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।यसदिन युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय बोमी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले दरले गुमाएका छन् ।

यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशत, इमर्जिङ नेपाल ९.५६ प्रतिशत, दिश्यश्वरी हाइड्रोपावर ९.५४, ग्रीन भेञ्चर लिमिटेड ९.११, लिवर्टी इनर्जी ९.०९, युनिभर्सल पावर ९.०३ र ज्याति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ८.९९ प्रतिशतका दरले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।