रिभर फल्स पावरको आईपीओमा १५ लाख आवेदन

0
Shares

रिभर फल्स पावरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा मंगलबार साँझसम्म १५ लाख १७ हजार २८ वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबार साँझ ५ बजेसम्म आईपीओमा १५ लाख १७ हजार २८ आवेदकबाट १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ९२ हजार ९२० कित्ता सेयर माग भएको हो ।

आज मंगलबारसम्मपरेको आवेदन सर्वसाधारणबाट खरीद मागभन्दा ६.९३ गुणाले बढी हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि गत वैशाख २८ गतेदेखि १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको थियो । आईपीओमा लगानीकर्ताले भोलि जेठ ४ गते बुधबार बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

रिभर फल्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार  १९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।