राधी विद्युत कम्पनीले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग चुक्ता पूँजीको १४७ प्रतिशत हकप्रद बिक्रीको अनुमति माग गरेको छ ।
विद्युत नियमन आयोगबाट हकप्रद बिक्रीको अनुमति पाएसँगै कम्पनीले सेबोनसँग अनुमति मागेको हो ।
कम्पनीले बैशाख २८ गते बुधबार निवेदन दिएको बोर्डले जनाएको छ ।
कम्पनीले १ः१.४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
विद्युत नियमन आयोगको सञ्चालक समितिको बैशाख १९ गते बसेको बैठकले राधी विद्युतलाई उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिइसकेको छ । आयोगका अनुसार कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १४७।५२ प्रतिशतले हुने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँको हकप्रद सेयर निष्काशनका लागि अनुमति दिइएको हो । आयोगले राधीले माग गरे अनुसार नै हकप्रद निष्कासनका लागि स्वीकृति पाएको हो ।
यसअघि राधी विद्युत कम्पनीको २०७८ असार २९ गते मंगलबार सम्पन्न भएको साधारण सभाबाट सञ्चालक समितिबाट चुक्ता पूँजीको ३६.५० प्रतिशत बोनस सेयर र बोनसपश्चात कायम हुने चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १४७.५२ प्रतिशत (९५ लाख ३५ हजार ७६० कित्ता) हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
अब धितोपत्र बोर्डले हकप्रद बिक्रीको अनुमति दिएपछि कम्पनीले विद्यमान सेयरधनीका लागि बुकक्लोज मिति तोकेर हकप्रद बिक्रीमा ल्याउनेछ । हकप्रद सेयरपछि राधी विद्युत कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया