नेप्से फेरि घट्यो, बिहीबार साढे २३ अंकको गिरावट

0
Shares

नेप्से बिहीबार पुनः घटेको छ । मंगलबार ८५ अंकले घटेर बुधबार सामान्य सुधारिएको नेप्से  सूचक आज २३.५१ अंकले घटेको हो ।

नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुको सेयरमूल्य घट्दा कारोबारमा आएका सबै उपसमुहगत सूचक घटेपछि नेप्सेमा दबाब परेको हो । बिहीबारको घटाइपछि नेप्से २२५०.९१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार माप सूचक सेन्सेटिभ इन्डेक्स ३.८८ अंकले घटेर ४३७.३१ बिन्दुमा झरेको छ ।

आज २१९ कम्पनीका १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर खरीद बिक्री भएको छ । २३ हजार ५६९ पटकको कारोबाबाट उक्त रकमकोे सेयर कारोबार भएको छ । आज फाइनान्स सूचक सर्वाधिक २.४५ प्रतिशत, विकास बैंक २.०९ प्रतिशतले घट्दा अन्य ७ वटा सूचक १ प्रतिशत बढीले घटेको छ ।

जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, ब्यापार, लघुवित्त र अन्य १ प्रतिशत बढीले घटेको छ । आज प्रभु बैंकको संस्थापक सेयर १२.८२ करोडको कारोबार भएको छ । यस्तै एनआईसी एशिया लघुवित्तको संस्थापक ५.०७ करोड, अरुण भ्याली हाइड्रोपावर ३.९०, अरुण काबेली पावर ३.१२ करोडको सेयर खरीद बिक्री भएको छ । हिमालयन डिष्टिलरी, सूर्या लाइफ, शिवम् सिमेन्टस्, नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, र एनआईसी एशिया बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।

बिहीबारको कारोबारमा जनरल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै ७.४५ प्रतिशतले बढेको छ । कम्पनीको सेयर ३६ रुपैयाँले बढेर ५१९ रुपैयाँ पुगेको छ । प्रभु बैंक संस्थापक ४.३२ प्रतिशत र मैलुङ्ग खोला जलविद्युत कम्पनीको २.९४ प्रतिशतले मूल्य बढेको छ ।

आज लुम्बिनी जनरल इन्स्योरेन्सको ७.०८ प्रतिशतले घटेर प्रतिकित्ता ५२५ रुपैयाँमा झरेको छ । युनियन हाइड्रोपावर ५.३०, सूर्योदय वोमी लघुवित्त ५.१२ प्रतिशतले घटेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, नेपाल इन्स्योरेन्स, बुद्धभुमी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, सूर्या लाइफ र प्रभु लाइफ इन्स्योरेन्सको ४ प्रतिशतले सेयरमूल्य घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।