छ सय ५७ स्थानीय तहको नजिता सार्जवनिक, कांग्रेस २९५ स्थानमा जितका साथ अग्रस्थानमा

0
Shares

बैशाख ३० गते शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ । हालसम्म ७५३ मध्ये ६५७ स्थानीय तहमा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसले सर्वाधिक जित निकालेको छ । कांग्रेसल अहिले सम्म २९५ स्थानीय तहमा प्रमुख जितेको छ भने २८ स्थानमा अग्रता कायमै राखेको छ । कांग्रेसले २६८ उपप्रमुख जित्दा २९ स्थानमा अग्रता कायम गरेको छ ।

यसैगरी नेकपा एमालेले १८२ स्थानीय तहमा प्रमुख जितेको छ भने १९ स्थानमा अग्रता कायमै राखेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले ११२ स्थानमा प्रमुख जित हात पारेको १२ स्थानको मतगणनामा अगाडि छ । एमालेले २०४ उपप्रमुख जित्दा ३२ स्थानमा अग्रता कायम गरेको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १४ स्थानीय तहको प्रमुख जितेको छ भने ५ स्थानमा अग्रता कायम राखेको रहेको छ । समाजवादीले २१ उपप्रमुख जित्दा २ स्थानमा अग्रता कायम गरेको छ ।

जनता समाजवादी पार्टीले हालसम्म २० स्थानीय तहमा प्रमुख पद जितेको छ । १२ स्थानीय तहमा अग्रता कायम गरेको छ । जसपाले २२ उपप्रमुख जित्दा १० स्थानमा अग्रता कायम गरेको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ८ वटा स्थानीय तहमा प्रमुख पद जितेको छ । ८ स्थानीय तहको प्रमुखमा लोसपा अग्रस्थानमा रहेको छ । लोसपा ८ स्थानमा उपप्रमुखमा विपयी बन्दा ७ स्थानमा अग्रता कायम गरेको छ ।

विभिन्न ८ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् भने ३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार अगाडि छन् । ६ स्थानीय तहको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विपयी बनेका छन् ।

राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा) ले ४ वटा स्थानीय तह प्रमुखमा जित हात पारेको छ भने ४ स्थानमा अगाडि छ । राष्ट्रिय जनमोर्चाले ४ स्थानीय तहमा विजय प्राप्त गर्दा ३ स्थानीय तहमा अग्रता कायमै राखेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टी तीन स्थानीय तहमा विजय हुँदा दुई स्थानीय तहमा अग्रता कायम राखेको छ ।

जनमत पार्टीले २ स्थानीय तहमा जित हाँसिल गर्दा एक स्थानीय तहमा अग्रता कायम गरेको छ । जनमत पार्टीले १ उपप्रमुख जित्दा थप २ स्थानमा अग्रता कायम गरेको छ ।

राप्रपाले १ उपप्रमुख जित्दा १ स्थानमा अग्रता कायम गरेको छ । राप्रपाले एक स्थानीय तहको उपप्रमुख जित्दा अर्को एक स्थानमा अग्रता कायम गरेको छ ।

यसैगरी विवेकशील साझाले एक स्थानीय तहमा जित हाँसिल गर्दा एक स्थानीय तह प्रमुखमा अग्रता कायम गरेको छ । नेपाल मजदुर किसान पार्टीले एक स्थानीय तहमा जित निकाल्दा थप १ स्थानमा अग्रता कायम गरेको छ । यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले १ स्थानीय तहमा जित निकालेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ६ जेष्ठ २०७९, शुक्रबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।