स्वेतगंगाको ४० लाख कित्ता आईपीओ बिक्रीमा आउने, बोर्डले दियो अनुमति

0
Shares

स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले ४० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याउने भएको छ ।

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बैशाख ११ गते बुधबार कम्पनीलाई सेयर बिक्री गर्न अनुमति दिएको हो ।

प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न कम्पनीले अनुमति पाएको हो ।

स्थानीय बासिन्दा र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने सेयर सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

पहिलो चरणमा आयोजन प्राभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीको २८.१० मेगावाटको तल्लो लिखु खोला जलविद्युत आयोजना रामेछापमा निर्माणाधीन छ । उक्त आयोजनाको काम आधा भन्दा बढी निर्माण सम्पन्न भएको छ ।

आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभी न्यू खिम्ती सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७९, बिहिबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।