तारा एयरको १९ जना यात्रु सहितको ट्विनअटर विमान सम्पर्क विहीन

0
Shares

तारा एयरको ट्विनअटर विमान सम्पर्क विहीन भएको छ । पोखराबाट १९ जना यात्रु बाेकेर ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको तारा एयरको नाइनएन-एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । विमानमा दुई जना विदेशी, चार जना भारतीय र १३ जना नेपाली यात्रु सवार छन्।

तारा एयरका एक अधिकारीका अनुसार उक्त विमानमा पाइलट प्रभाकर घिमिरेले उडाएका थिए । यस्तै जहाजमा को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा सवार थिए । जोमसोममा अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । नागरिक उड्डयन प्राधिकरणले जहाज उडेको १५ मिनेट पछि सम्पर्कविहीन भएको जानकारी आएपछि खोजी कार्य जारी रहेको बताएको छ ।

तारा एयरको सम्पर्कविहीन जहाज मुस्ताङको घाँसा, लेते, कोवाङ क्षेत्रमा खोजी कार्य केन्द्रित

म्याग्दीको शिखा पुगेपछि तारा एयरको जहाज सम्पर्कविहीन (फ्लाइट भिडियो)

तारा एयरमा सवार ६ विदेशी सहित १९ यात्रुको नामावली यस्तो छ

तारा एयरको १९ जना यात्रु सहितको ट्विनअटर विमान सम्पर्क विहीन

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।