तारा एयरको सम्पर्कविहीन जहाज मुस्ताङको घाँसा, लेते, कोवाङ क्षेत्रमा खोजी कार्य केन्द्रित

0
Shares

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलायन्सको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकप्टर परिचालनसँगै सम्भाव्य स्थानमा स्थलगत खोजी पनि गरिएको छ ।

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।

विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजको खोजी कार्य तीव्ररुपमा भइरहेको र हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

जहाज खोजीका लागि फिस्टेल एयरको हेलिकप्टरसँगै स्थलगतरुपमा पनि खोजी भइरहेको त्यहाँका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार तल्लो मुस्ताङको घाँसा, लेते, कोवाङ आसपासका क्षेत्रमा खोजी कार्यलाई केन्द्रित गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ ।

म्याग्दीको शिखा पुगेपछि तारा एयरको जहाज सम्पर्कविहीन (फ्लाइट भिडियो)

तारा एयरमा सवार ६ विदेशी सहित १९ यात्रुको नामावली यस्तो छ

तारा एयरको १९ जना यात्रु सहितको ट्विनअटर विमान सम्पर्क विहीन

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।