
माछापुच्छ्रे बैंक र काठमाण्डौं प्याथल्याव एण्ड डायग्नोष्टिक सेन्टर प्रालि (महाराजगञ्ज) र ग्लालेक्सी स्पेसियालिटी क्लिनिक प्रालि (महाराजगञ्ज) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाण्डौं प्याथल्याव एण्ड डायग्नोष्टिक सेन्टर प्रालिबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिँदा २५ प्रतिशत सम्म छुट पाउनेछन् ।
त्यसैगरी ग्लालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सम्बन्धि (विशेषज्ञ सेवा बाहेक) सुविधाहरुमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया