
सेयर बजार मापक सूचक दुई हजार एक सय बिन्दुभन्दा तल झरेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत पूँजीबजार सम्बन्धी अपेक्षित सम्बोधन हुन नसकेपछि सेयर बजार सूचक २ हजारको लाइनमा झरेको हो ।
सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत पूँजीबजार सम्बन्धी पूँजीबजारको विकास र सबलीकरणमा जोड दिने केहि बिषयहरु समेटिएका छन् । तर यसले लगानीकर्तामा थप उत्साह सञ्चार गर्न सकेको छैन । जसका कारण बजेटपछिका बजार शिथिल बन्दै आएको छ । पछिल्ला पाँच दिनमा नेप्से १११ अंक बढीले ओरालो लागिसकेको छ ।
कारोबारको ४५ मिनेट अवधिमा सूचक १६.७२ अंकले घटेर २०९५.७५ अंकमा झरेको हो । कारोबारमा आएका सबै उपसमुहगत सूचक घटेका छन् भने कारोबार रकम पनि सुस्त छ । पौने घण्टामा १४ करोड मात्र सेयर खरीद बिक्री भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया