नेपाल फाइनान्सको हकप्रदमा कति पर्‍यो आवेदन ?

0
Shares

नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गते शुक्रबारदेखि निष्काशन गरेको चुक्ता पूँजीको ७० प्रतिशत बराबरको हकप्रदमा शुक्रबारसम्म ६ करोड ६१ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार जेठ २० गते शुक्रबारसम्ममा ३ हजार ९६० वटा आवेदनबाट ६ लाख ६१ हजार ७४५ कित्ता खरीदको आवेदन परेको हो ।

जसमध्ये सर्वसाधारणतर्फ ३ हजार ९५८ वटा आवेदन मार्फत ६ लाख ५६ हजार ३५९ कित्ता र संस्थापकतर्फ २ वटा आवेदन मार्फत ५ हजार ३८६ कित्ता सेयर खरीदको माग परेको सिडिएससीले जनाएको छ ।

यो बाहेक चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने आधारभुत सेयरधनीहरुबाट फाइनान्सले सर्वसाधारणमा हकप्रद निष्काशन अघि नै रकम उठाइसकेको छ ।

फाइनान्सले हाल कायम १० कित्ता बराबर नयाँ ७ कित्ता सेयर अनुपात ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

हकप्रद जारी गर्न फाइनान्सले बैशाख २१ गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार बैशाख २० गते मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले फाइनान्सको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रदमा मेरोसेयरको मोबाइल एप सफ्टवेयर, वेवसाइट, तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका अलवा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरुबाट पनि जेठ २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर सी प्लस रेटिङ्ग’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

फाइनान्सको २८ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । विसं २०७७ कार्तिक १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको फाइनान्सले चैत ८ गते मंगलबार हकप्रद जारी गर्न अनुमति पाएको थियो ।

फाइनान्सले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेपछि चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५३ रुपैयाँ पुग्नेछ । ललितपुर फाइनान्सलाई प्राप्ति पछि हाल नेपाल फाइनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रूपैयाँ छ ।

फाइनान्सले चालु आवको तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै खुद नाफा वृद्धि गरेको छ । नेपाल फाइनान्सले गत चैतको तुलनामा सर्वाधिक ८१६ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । फाइनान्सले चैत मसान्तसम्म ३ करोड २० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । २०७७ चैतमा फाइनान्सले जम्मा ३४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नेपाल फाइनान्सको नाफा सर्वाधिक वृद्धि हुँदा बेष्ट फाइनान्सले कमायो सबैभन्दा धेरै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ जेष्ठ २०७९, आइतबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।