विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा १२.३१ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले जेठ २० गतेदेखि जारी गरेको आईपीओ मंगलबार बिहान साढे ९ बजेसम्ममा करिब साढे १२ गुणा बढीले ओभर सब्सक्राइब्ड भएको हो ।
कम्पनीले अंकित मूल्य १०० दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेकोमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि १३ लाख ६५ हजार कित्ता खरीदका लागि सर्वसाधारणबाट आवेदन मागेको थियो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबार बिहान ९ः३६ बजेसम्म १३ लाख ९६ हजार १५ आवेदकबाट १ करोड ६८ लाख ३ हजार ६० कित्ता सेयरका लागि खरिद आवेदन परेको हो । यो सर्वसाधारणबाट माग गरिएको १३ लाख ६५ हजार १२.३१ गुणाले बढी हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।
आईपीओमा भोलि भदौ २५ गते बुधबार कार्यालय समयभित्र इच्छुक आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि माग गर्न सक्नेछन्।
सीडीएससीको मेरो सेयर मोबाइल एप तथा वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सकिनेछ ।
कम्पनीले कास्कीको मिजुरेडाँडा क्षेत्रमा ८.८ मेगावाटका रुदी खोला ‘ए’ तथा लमजुङको पासगाउँ क्षेत्रमा ६.६ मेगावाट क्षमताको रुदीखोला ‘बी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया