पूँजी बजारका समस्या समाधानका लागि अर्थ मन्त्रालयद्धारा चार सदस्यीय समिति गठन

0
Shares

पूँजी बजार क्षेत्रमा देखिएको विद्यमान समस्या अध्ययन र समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बुधबार मात्रै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डका र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित चार सदस्यीय सुझाव समिति गठन गरिएको बताए । सो समितिले दिएका सुझावहरुका आधारमा सम्बन्धीत निकायहरुले गर्नुपर्ने कामहरु गर्नेगरी समिति गठन गरिएको उनले जानकारी दिए ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि हुनेछन् भने सदस्य सचिव बोर्डकै एक जना रहने बताइएकाे छ ।

लगानीकर्ताको रक्षा गर्ने सन्दर्भमा मन्त्रालय निरन्तर रुपमा लागिरहेकाले गर्न बाँकी कामहरुमा हातेमालो गरेर अगाडि बढ्न सकिने उनले बताए । सबैको कार्यक्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउँदै उनले आ- आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्न योजनाबद्ध ढंगबाट लाग्न समेत निर्देशन दिए ।

मन्त्री शर्माले पूँजीबजारमा लाखौं व्यक्ति तथा सयौं कम्पनीहरु आबद्ध भएको र उनीहरुको समस्यालाई हेरिरहेकाले अझ व्यवस्थित बनाउने उदेश्यका साथ समस्या अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरिएको बताए । राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीच समन्वयात्मक सम्बन्ध र सहकार्य गर्न समेत उनले आग्रह गरे ।

बोर्डको बोर्डको स्वायतता र जवाफदेहितालाई हेरेर मन्त्रालयले काममा सहजीकरण गरिरहेका बताउँदै उनले बोर्डलाई उचित पुर्वाधार बनाउने प्रकृया अगाडि बढाउन पहलकदमी लिन आग्रह गर्दै अर्थमन्त्रालयले पूर्ण सहयोग गर्ने समेत उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।