प्रि-ओपनिङ्गमा हरियाली, ११ मध्ये ८ कम्पनीको भाउ बढ्यो

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्गमा हरियाली छाएको छ । कारोबारमा आएका ११ मध्ये ८ कम्पनीको सेयरको भाउ बढेसँगै बजारमा हरियाली छाएको हो ।

यस अवधिमा नेप्से १.४१ अंकले बढेर नेप्से सूचक १ हजार ८६३ दशमलव ४७ बिन्दुमा पुगेको छ । यस अवधिमा ११ कम्पनी १ हजार १२० कित्ता सेयर २ लाख ८५ हजार ५९१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा ११ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये ८ कम्पनीको भाउ बढेको छ । १ कम्पनीको भाउ घट्दा २ कम्पनीको भाउ यथावत रहेको छ ।

  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ असार २०७९, आइतबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।