सुनको भाउ प्रतितोला ४०० रुपैयाँ महङ्गियो

0
Shares

सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सोमबार तोलामा ४०० रुपैयाँले बढेको हो । पहेँलो धातु अघिल्लो दिन आइतबार प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्ले दिन ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा काराबार भैरहेको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८३७ र चाँदी प्रतिऔंस २१.४१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०७९, सोमबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।