साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा ५ लाख ७८ हजार ९३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका ११ कम्पनीका ४८५ कित्ता सेयर ५ लाख ७८ हजार ९३५ रुपैयाँ बराबरको खरिद बिक्री भएको हो ।
नेप्से परिसूचक २.४० अंकले बढेको छ । वृद्धिसँगै नेप्से १९३५.५४ बिन्दुमा पुगेको छ । नेप्से सोमबार २३ अंक घटेको थियो ।
कारोबारको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ११ मध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ । दुई कम्पनीको सेयरमूल्य घटेको बजारमा तीन कम्पनीको सेयरमूल्य स्थीर रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया