साताको पाँचौं कारोबार दिन बिहीबारको प्रि ओपनिङ्ग सेसनमा हरियाली छाएको छ । यसदिन कारोबारमा आएका सबै कम्पनीको सेयरमूल्य बढेको हो ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १४ कम्पनी मध्ये सबै कम्पनीको बढेसँगै नेप्सेमा उत्साह छाएको हो ।
नेप्से ४.१५ अंकले बढेसँगै सूचक १ हजार ९६६ दशमलव ८६ बिन्दुमा पुगेको छ । यस अवधिमा १४ कम्पनीका २ हजार २४४ कित्ता सेयर ८ लाख ३३ हजार ६८३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया