जनउत्थान सामुदायिक लघुवित्तले चूक्ता पूँजीकाे २५ प्रतिशत बोनस वितरण गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको २५ प्रतिशतले हुन आउने २ लाख ९५ हजार ८१२ कित्ता बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा नै जम्मा गरिएको जनाएको हो ।
कम्पनीले एघारौं वार्षिक साधारण सभाका लागि सेयरधनी दर्ता किताब बन्द भएको मिति २०७८ पुस २० गतेसम्ममा सेयर डिम्याट गराएका सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गरिदिएको हो ।
यस्तै कम्पनीले २०७८ पुस २० गते पश्चात डिम्याट गर्ने सेयरधनीहरुको बोनस पनि डिम्याट खातामा नै जम्मा गरिने जनाएको छ । हालसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुले भने डिम्याट खातामा बोनस सेयर पाउनका लागि अनिवार्य रुपमा आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने हुन्छ ।
कम्पनीको २०७८ पुस ३० गते सम्पन्न भएको ११ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
सो बोनस कम्पनीले असार १४ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोस्रो बजारमा खरीद बिक्री गर्नसक्नेगरी लाख ९५ हजार ८१२ कित्ता बाेनस सेयर सूचीकृत भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया