नेप्से ८.८७ अंकले घट्यो, एक अर्ब ४५ करोडको कारोबार

0
Shares

नेप्से सूचक ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा झरेको छ । शुक्रबारको बजारमा एक अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

यसदिन दुई कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२२३ रुपैयाँ पुगेको छ भने सिवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १६० रुपैयाँ पुगेको छ ।

त्यस्तै यस दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । आज सबैभन्दा बढी शिवम् सिमेन्टको ५ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार  १३ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।