जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

लघुवित्तको ४२ लाख ५८ हजार ८०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उक्त बोनस सेयर २०७८ चैत २५ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो । सोही बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

शुक्रबार नेप्सेमा सूचीकृत भएको उक्त बोनस सेयर सेयरधनीको डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् । उक्त बोनस सेयर सूचीकृत भएपछि लघुवित्तको चुक्ता पूँजी एक अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

साधारण सभाका लागि कम्पनीले चैत १२ गते बुकक्लोज गरेको थियो । यसअनुसार चैत ११ गतेसम्म कायम सेयरधनीले मात्र लघुवित्तको बोनस सेयर पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार  १४ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।