
एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिकहरुको लागि सेयर शिक्षा दिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलले विद्युतीय माध्यमद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतना मूलक कार्यक्रममा सञ्चालन गरेको हो ।
‘माटो र पसिनाको नाता वैदेशिक आम्दानी स्वदेशमा लगानी’ भन्ने मूल उदेश्यका साथ यस क्यापिटलले २०७९ असार १७ गते शुक्रबार यो सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरुको साझेदारीमा त्यँहा उपस्थित सहभागिहरुको विभिन्न जिज्ञासाहरु सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरेको हो ।
उक्त कार्यक्रम मार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र बोक्रर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्ने बारे पनि जानकारी गराएको छ ।
साथै उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत प्राप्त गरियो र भविष्यमा समेत यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने यस क्यापिटलले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया