ङादी ग्रुप पावरको हकप्रद साउन १८ गतेदेखि निष्काशन हुने

0
Shares

ङादी ग्रुप पावर लिमिटेडले साउन १८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतले हुने १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद सेयर निष्काशनका लागि असार २० गते कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ । असार १९ गतेसम्म कम्पनीको सेयर किनेकाहरुले मात्र हकप्रदमा आवेदन गर्न पाउँछन् ।

७० करोड ६९ लाख ३२ हजार रुपैंया चुक्ता पुँजी रहेको कम्पनीको १५० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैंया पुग्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३२ असार २०७९, शनिबार  १८ : ३९ बजे