सिटिजन्स बैंकले काठमाण्डौ उपत्यकामा खोल्यो थप तीन शाखा

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL)ले शाखा विस्तार गर्ने क्रममा काठमाण्डौ उपत्यकामा थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले भक्तपुरको सूर्यविनायक, काठमाण्डौको धुम्बराही र ललितपुरको थसिखेलमा गरी आफ्नो १७८औं, १७९औं तथा १८०औं शाखा संचालनमा ल्याएको हो ।
यससंगै काठमाण्डांै उपत्यका भित्र यस बैंकको ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले आर्थिक बर्ष २०७८र७९ को चौथो त्रैमासिक सम्ममा २ अर्व २५ करोड खुद नाफा गर्न सफल भएको छ । यसै अवधिमा १ खर्ब ५५ अर्ब निक्षेप संकलन गरि १ खर्ब ३६ अर्ब कर्जा प्रबाह गरेको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सीमा भित्रै कायम गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३१ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।