जनरल इन्स्योरेन्स र मनमोहन हस्पिटल बिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका हुन।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।