नेपाल लाइफको सेयर संरचना ५१:४९ कायम

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक साधारण सेयर संरचना अनुपात ५१:४९ कायम भएको छ ।

कम्पनीले ७३ लाख ८७ हजार १६९ दशमलव ९० कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिमार्जन गरेसँगै कम्पनीमा रहेको संस्थापक सेयरको हिस्सा घटेको हो ।

सेयर संरचना परिमार्जन पश्चात संस्थापकको हिस्सा घटेर ५१ प्रतिशत कायम भएको छ भने सर्वसाधारण तर्फको हिस्सा बढेर ४९ प्रतिशत स्वामित्व कायम भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २० साउन २०७९, शुक्रबार  १४ : ५६ बजे