सानिमा माई हाइड्रोपावर लिमिटेड (SHPC) ले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्ममा ५४ करोड ५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आजन गरेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४० करोड ६४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा हाइड्रोपावरको नाफा ३३ प्रतिशतले बढेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको विद्युत् बिक्री आय बढेर वित्तीय खर्च घटेसँगै नाफामा आकर्षक सुधार आएको हो । असार मसान्तसम्म कम्पनीले विद्युत् बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.९६ प्रतिशत धेरै हो । २२ मेगावाटको माइ हाइड्रोपावरबाट कम्पनीले ७१ करोड ५ लाख तथा ७ मेगावाटको माइ क्यास्केड हाइड्रोपावरबाट २२ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको हो ।
माइ हाइड्रोपावर (१५.६०) प्रोजेक्टले २०७२ बैशाखदेखि २०७८ चैतसम्मको ७ वर्ष अवधिमा पोष्टेड रेट फ्यासिलिटी वापत नेपाल विद्युत प्राधिकरणसँग कम्पनीले ५० करोड २८ लाख रुपैयाँ दाबी गरेको थियो । यसबाट कम्पनीले विभिन्न मितिमा गरी २१ करोड ६८ लाख रुपैयाँ प्राप्त गरेको र अब २८ करोड ६० लाख रुपैयाँ प्राप्त हुन बाँकी रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
गत आवमा कम्पनीको नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि ३.०३ रुपैयाँ बढेर १७.५० रुपैयाँ कायम भएको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात अनुपात १७.४९ गुणा छ ।
चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ सानिमा माई हाइड्रोपावरको रिटेन अर्निङमा ९१ करोड ७० लाख १२ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार तथा रिटेन अर्निङमा ६७ करोड १४ लाख ४५ हजार रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा कम्पनीको रिटेन अर्निङमा सञ्चित रकम २४ करोड ५५ लाख रुपैयाँले बढेको हो ।
कम्पनीले विभिन्न पाँच एसोसियट कम्पनीहरु स्वेत गंगा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनी, वभारी कन्ट्रक्सन, र सानिमा जुम हाइड्रोपावर लिमिटेडमा कुल १ अर्ब ७४ करोड ७ लाख रुपैयाँ लगानी गर्ने प्रबद्धता व्यक्त गरेको छ । जसमध्ये १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ लगानी गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया