आदर्श लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्ममा खुद नाफा ८८६ प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म लघुवित्त कम्पनीले ६८ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ लाख ९९ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
भर्खरै आइपीओ बिक्री गरेको लघुवित्तको अधिकांश सूचकमा आकर्षक सुधार आएको छ । चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३३.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.८८ रुपैयाँ छ । लघुवित्तको जगेडा कोष १०४ प्रतिशत बढेर १ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.४६ प्रतिशतले बढेर १ करोड ७५ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै लघुवित्तको सञ्चालन नाफा ८४१ प्रतिशतले बढेर ९८ लाख ६८ हजार रुपैयाँ कायम भएको छ ।
यस अवधिमा लघुवित्तले १० लाख ७४ हजार रुपैयाँ राइट ब्याक गरेको छ । कम्पनीको खुद नाफा वृद्धिमा राइट ब्याकको समेट टेवा देखिन्छ । कम्पनीको खराब कर्जा अनुपात १.०६ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया