किसान लघुवित्तको सीईओमा पर्वत कुमार कार्की

0
Shares

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पर्वत कुमार कार्की नियुक्त भएका छन् ।

लघुवित्तको साउन २२ गते आइतबार बसेको सञ्चालक समिति बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त जानकारी कम्पनीले नेप्से मार्फत दिइएको छ ।

कार्कीलाई साउन २५ गते देखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको कम्पनी सचिव नवराज पोखरेलले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार  १२ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।