सेयर बजारमा उच्च अंकको गिरावट आउँदा अन्तिम समयमा अर्बको कारोबार


नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै बजार तिब्र गतिमा ओरालो लागेको छ ।

बजार घट्दै गर्दा कारोबार रकम भने अन्तिम समयमा आएर ३ अर्ब नजिक पुगेको छ ।

बजार खुलेदेखि नै ओरालो लाग्ने क्रममा थियो । बन्द हुँदा बजार परिसुचक नेप्से ४५.४२ अंकले घटेर २०६०.७३ अंकमा अडिएको छ ।

कुल २२२ कम्पनीको सेयर कारोबार भएकोमा दर्जन हाराहारी कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

धेरै सेयर मूल्य घट्ने तथा बढ्ने कम्पनीहरु यस्ता छन् ।

समुहगत आधारमा ठुलो हिस्सा ओगटेको वाणिज्य बैंक समुहमा १७.९२ अंकको गिरावट आएसँगै फराकिलो अन्तरमा बजार ओरालो लागेको हो । यस दौरान जीवन तथा निर्जीवन बीमा कम्पनी, विकास बैंक, जलविद्युत, लघुवित्त, उत्पादन, अन्य लगायतका उपसमुहमा भारी गिरावट आएको छ भने सबै उपसमुह घटेका छन् ।

बजार खुलेको २ घण्टामा ९५ करोडको कारोबार भएकोमा गिरावट बढ्दै गए पछि सस्तोमा सेयर किन्नेहरु हाबी हुँदा अन्तिम समयमा कारोबार रकम २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार रुपैंया कायम भएको छ । अन्तिमको १ घण्टा अवधिमा मात्र १ अर्ब रुपैंयाभन्दा बढीको सेयर कारोबार भएको हो । सोमबार २ अर्ब ८५ करोड ७० लाख रुपैंयाको सेयर किनबेच भएको थियो । यस आधारमा मंगलबार कारोबार रकम झण्डै ४ करोडले घटेको हो ।

२ घण्टामा २४ अंकले बजार घट्दा १ अर्बको कारोबार हुन सकेन

बजार घटेसँगै समग्र बजार पूँजीकरणमा पनि भारी गिरावट आएको छ । सोमबार ३० खर्ब ८ अर्ब ७ करोड ९६ लाख रुपैंया रहेको बजार पूँजीकरण मंगलबार २९ खर्ब ४६ अर्ब १६ करोड ७२ लाख ३१ हजार रुपैंया कायम भएको छ । कारोबारयोग्य सेयरको बजार पूँजीकरण १२ खर्ब ३ अर्ब २६ करोड ९८ लाख रुपैंया कायम भएको छ ।

सोमबारको सेयर बजार : सेयर बजारमा दोहोरो अंकको गिरावट, बजार पूँजीकरण ३० खर्ब ८ अर्ब
                              दोहोरो अंकको नेप्से घट्दा कुन कम्पनीका लगानीकर्ताले कमाए, कसले गुमाए ?

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।