सुस्तायो सेयर बजार, खुलेको २ घण्टामा २४ अंकले बजार घट्दा १ अर्बको कारोबार हुन सकेन


सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने समय सुरु हुनै लाग्दा सेयर बजार बजार भने सुस्त भएको छ ।

यो साता को पहिलो दिन केही सुधार आएको बजारमा सोमबार गिरावट आएको थियो भने मंगलबार पनि उक्त गिरावटले निरन्तरता पाउने देखिएको हो ।

मंगलबार बजार खुलेको ४ मिनेटसम्म सामान्य सुधार आएको बजार त्यस पछि क्रमिक रुपमा ओरालो लागिरहेको छ । मध्यान्ह १ बजेसम्म आउँदा सबै उपसमुहकमा आएको गिरावटसँगै समग्र बजार परिसुचक नेप्से २३.९६ अंकले घटेर २०८२.१९ अंकमा ओर्लिएको छ ।

२ घण्टाको अवधिमा २१० कम्पनीका २२ लाख ५९ हजार कित्ता सेयरहरु १५ हजार ६०० पटक किनबेच हुँदा ९५ करोड रुपैंयाको कारोबार भएको छ ।

साधारण सेयर निष्काशन गरेर दोस्रो बजारमा कारोबारमा आएको हिमालयन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा गुराँस लघुवित्त, युनिलिभर नेपाल, सपोर्ट माइक्रोफाइनान्स लगायत कम्पनीको सेयर मूल्य केही बढेको छ । सामलिङ पावर, न्यादी, बलेफी लगायतका जलविद्युत कम्पनीको सेयर मूल्इ धेरै घटेको बजारमा शिवम् सिमेन्ट्सको सर्वाधिक रकमको सेयर कारोबार भएको छ ।

कारोबार भएको सेयर संख्याका आधारमा एनसीसी बैंक अग्रस्थानमा रहेको बजारमा सबै सूचकहरु ओरालो लागेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।