एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को १२ करोड इकाईमा आवेदन खुल्यो

0
Shares

एनएमबि क्यापिटलले साउन २६ गते बिहीबारदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ नामक म्युचुअल फन्डको योजना बिक्री खुला गरेको छ ।

बिहीबारदेखि फण्डको एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को १ अर्ब २० करोड मूल्यको दश रुपैयाँ अंकत दरका कुल १२ करोड इकाई निष्कासन तथा बिक्री खुला भएको हो ।

कुल जारी इकाईमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवद्र्धक एनएमबि बैंक तथा १ प्रतिशत इकाई वा १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इकाई खरिदका लागि छिटोमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त उक्त अवधिमा जारी सबै इकाई बिक्री नभएको खण्डमा भने लगानीकर्ताले ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन पाउनेछन् । एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ मा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा वेवसाइटबाट पनि आवेदन दिन सक्नेछन् ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ दश वर्ष अवधि रहेको एक बन्दमुखी योजना हो । यस योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्षपछि परिपक्क हुनेछ । यसबीचमा फण्डले गर्ने मुनाफा हरेक वर्ष इकाईधनीले पाउनेछन् भने दश वर्षपछि साँवा सहित एकमुष्ट रुपमा फिर्ता पाउनेछन् । यसका अलवा फण्डको इकाई धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

एनएबि क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ जारी गरिसकेको छ । आव २०७१/७२ मा बिक्री गरिएको पाँच वर्ष अवधिको उक्त फण्ड २०७६ कार्तिक २ गते परिपक्क भैसकेको छ । एनएबि क्यापिटलको व्यवस्थपनमा एनएनबि म्युचुअल फन्ड अन्तर्गत हाल एनएमबि हाइब्रिड फण्ड एल १, र एनएमबि ५० गरी दुई वटा बन्दमसुखी योजना सञ्चालनमा रहेका छन् । दुबै फण्डले गत आवबाट २१.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यस्तै क्यापिटलले हालै मात्र एनएमबि सरल बचत इ नामक खुलामुखी फण्ड समेत सञ्चालन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ साउन २०७९, बिहीबार  ०९ : ११ बजे