सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ ईक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को योजनाले वितरण गर्ने प्रतिफल (नगद लाभांश) घोषणा भएको छ ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको २०७९ साउन २५ गते अपरान्ह ३ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीलाई ९ प्रतिशत (कर सहित) र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश अनुसार आर्थिक वर्ष २०७८।७९ का लागि सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीलाई १३ करोड ५० लाख रुपैयाँ तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई १२ करोड रुपैयाँ प्रतिफल वितरण हुनेछ ।
आव २०७७।७८ मा सिद्धार्थ इक्वीटी फण्डले इकाईधनीलाई (कर सहित) ३० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले पनि इकाईधनीहरुलाई (कर सहित) ३० प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले भने गत आव आर्थिक वर्ष २०७८।७९ का लागि कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । बुधबारको सञ्चालक समिति बैठकले गत आवबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत तीनवटै योजनाको आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण कार्य सम्पन्न भएसँगै लाभांश प्रस्तावको निर्णय भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया